आज मध्यरातमा अन्मिन बन्द भएपछि हतियार तथा सेनाको अनुगमनलाई निरन्तरता दिने सम्बन्धमा नेपाल सरकार तथा एकिकृत कम्युनिष्ट पार्टी(माओवादि) बीच हिजो राति सहमति भएकोमा नेपालका लगि महासचिवका प्रतिनिधि करिन लनग्रेनले स्वागत गर्नुभएको छ।
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले महासचिवका प्रतिनिधि तथा अन्मिन टोलीको सराहना गर्नुका साथै शान्ति प्रक्रिया प्रति आफ्नो सहयोग जारी रहने कुरा दोहर्राएको छ। २८ मे मा नयाँ संविधान जारी गर्ने लगायत शान्ति प्रक्रियाका बाँकी रहेको मुद्दाहरूको तदारुपताका साथ समाधान खोज्ने आफ्नो प्रतिबध्दतालाई पूरा गर्न सहमति भावनाका साथ सहकार्य गर्न सरकार तथा दलहरूलाई सुरक्षा परिषद्ले आव्हान गरेको छ।
English Version: http://un.info.np/Net/NeoDocs/View/316
#316 #1747 #pair
|
Publisher:
UNMIN
,
(2011
) |
Type / Script:
Press Release
in Nepali - नेपाली
|
Keywords:
PEACE, PEACEMAKING, CONFLICT, ARMAMENTS, POLITICAL PARTIES, ARMIES, DISARMAMENT, REINTEGRATION, REHABILITATION, CONSTITUTIONS
|
Thematic Group: UNMIN
:
Peace and Conflict through Political Mission
|
Thesaurus:
01.04.00
- Disarmament And Military Questions
|
Reference Link:
|
|
|
** This document has been:
1053
times viewed
309
times downloaded. Feeder:
BIRKHA DHAMI
, Editor:
PRAJU SHRESTHA
, Auditor:
View Document History
|
|
|
|