ङ्घीय लोकतान्त्रिक गणतान्त्रिक नेपालको सातवटा प्रदेशहरु मध्ये प्रदेश नं. २ सामाजिक, सांस्कृतिक, भौगोलिक, आर्थिक, जनसाङ्ख्यिक लगायतका दृष्टिकोणले विशिष्ट विशेषतायुक्त रहेको छ । यही तथ्यलाई प्रदेशको नीति तथा योजना आयोगले समग्र रुपान्तरणको मार्ग चित्र कोर्न नवीनतम् कार्यहरुको सुरुआत गरेको छ । आर्थिक समृद्धि हासिल गर्दै यहाँका जनताको समग्र जीवनस्तरमा कायापलट ल्याउने मार्गमा अग्रसरता प्रारम्भ गरेको छ । हरेक क्षेत्रका विकासका नयाँ नयाँ आधार सिर्जना गर्ने कार्य अगाडि वढिरहेको छ । यसैको एक पाइला प्रदेश नं. २ को जनसाङ्ख्यिक स्थितिको प्रकाशन हो ।
विकासका सम्पूर्ण क्रियाकलापको केन्द्रीयतामा जनसङ्ख्या नै रहेको हुन्छ । विकासका नीति योजना तयार गर्दा प्रदेशको जनसाङ्ख्यिक स्थिति, जनसङ्ख्या परिवर्तनका तत्व, जनसङ्ख्यासँग सम्वद्ध शिक्षा, स्वास्थ्य लगायत विविध सामाजिक पक्षहरु अति आवश्यक हुन्छन् । साथै प्रदेशको आर्थिक क्रियाकलापमा जनसङ्ख्याको सहभागिता तथा युवा जनसङ्ख्याको स्थिति लगायतका पक्षहरुले पनि त्यतिकै महत्व राख्छन् । यी महत्वपूर्ण तथ्य सहितको यथार्थ चित्रले मात्र प्रदेश तहमा योजना निर्माण तथा कार्यान्वयनमा सहजता प्रदान गर्छ । यी उद्देश्य राखि पहिलो पटक प्रदेश नं. २ को जनसाङ्ख्यिक स्थिति तयार पारिएको हो ।
#UN #UNNepal #UNFPA #Province2 #Demographic #Policies #Planning #PolicyandPlanning #Population #Growth #Dimension #Fertility #Mortality #Plan #Program #Sustainable #SustainableDevelopment #Migration
|
Publisher:
UNFPA
,
(2020
) |
Type / Script:
Publication
in Nepali - नेपाली
|
Keywords:
DEMOGRAPHERS,DEMOGRAPHIC HISTORY,DEMOGRAPHIC RESEARCH,DEMOGRAPHIC STATISTICS
GEOGRAPHY,POPULATION,POPULATION CENSUSES,POPULATION COMPOSITION,POPULATION DENSITY,POPULATION DISTRIBUTION,POPULATION PROJECTIONS,POPULATION SIZE
POPULATION SURVEYS,POPULATION TRENDS,DEVELOPMENT PLANNING,DEVELOPMENT PLANS,DEVELOPMENT STRATEGIES,ECONOMIC POLICY, EDUCATIONAL POLICY,ENVIRONMENTAL POLICY,GOVERNMENT POLICY,POPULATION POLICY
|
Thematic Group: UNFPA
:
Population studies
|
Thesaurus:
02.04.00
- Development
|
Reference Link:
|
|
|
** This document has been:
590
times viewed
375
times downloaded. Feeder:
NIHARIKA
, Editor:
, Auditor:
View Document History
|
|
|
|