नकारौं – महिला विरुद्धको हिंसा अन्त्य गर्नका लागि ऐक्यबद्ध होऔं भन्ने विश्वव्यापी मञ्चले वकालत गर्ने र कदमहरु चाल्ने काम गर्नुका साथै विश्वभरि कै व्यक्तिहरु, संस्थाहरु र सरकारहरुले महिला विरुद्धका हिंसा अन्त्यका लागि के के गर्दैछन् भन्ने अभिलेख राख्छ ।
संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनको “महिला विरुद्धको हिंसा अन्त्य गर्नका लागि ऐक्यबद्ध होऔं” अभियानले सन् २०१५ सम्ममा विश्वको सबै ठाउँमा महिला तथा बालिकाहरु विरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्ने लक्ष्य लिएको छ ।
“ऐक्यबद्ध होऔं” (UNiTE) मार्फत् महिला तथा बालिकाहरु विरुद्धको हिंसा अन्त्य गर्नका लागि सार्वजनिक सचेतना बृद्धि गर्न, राजनीतिक इच्छाशक्ति र स्रोतहरु बढाउन, र साझेदारीहरु मजबुत गर्न सम्पूर्ण संयुक्त राष्ट्रसंघीय प्रणाली नै सरकारहरु, नागरिक समाज, महिला संस्थाहरु, युवाहरु, सञ्चार जगत र निजी क्षेत्रसंग ऐक्यबद्ध भएको छ ।
लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सन् १९९१ मा शुरु भएको एक अन्तर्राष्ट्रिय अभियान हो । नोबेम्भर २५ मा महिला विरुद्धको हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसबाट शुरु भएर डिसेम्बर १० मा अन्तर्राष्ट्रिय मानव अधिकार दिवससम्म मनाइने, यस अभियानले संसारभरिका व्यक्ति एवं समूहहरुलाई महिला तथा बालिकाहरु विरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्नका लागि कदम चाल्न आह्वान गर्छ ।
#16DoA #GBV #UNiTE #Pair #11194 #11193
|
Publisher:
UN
,
(2018
) |
Type / Script:
Bulletin or Poster
in Nepali - नेपाली
|
Keywords:
GENDER-BASED VIOLENCE, BATTERED WOMEN, DOMESTIC VIOLENCE, FORCED PROSTITUTION, GENDER DISCRIMINATION, RAPE, RAPE VICTIMS, SEX CRIMES, SEXUAL HARASSMENT, WOMEN IN ARMED CONFLICTS, SEXUAL VIOLENCE, VIOLENCE AGAINST WOMEN
|
Thematic Group: UN
:
International Peace and Security
|
Thesaurus:
14.05.03
- Social Development
|
Reference Link:
|
|
|
** This document has been:
1278
times viewed
5
times downloaded. Feeder:
SPRSTHPT@GMAIL COM
, Editor:
, Auditor:
View Document History
|
|
|
|