जलवायु परिवर्तन तथा जलवायुमा परिवर्तनशिलताको असर वन पारिस्थितिकीय प्रणालीहरुमा परिरहेको कुरा विश्वभरनै प्रमाणित भैसकेकोछ र कम्तिमा पनि छोटो देखि मध्यम समयावधिमा अरु थप असरहरु पर्नेकुरा अवस्यंभावी छ । जलवायु परिवर्तनले ल्याएका चुनौतीलाई सम्बोधन गर्न वन सम्बन्धी रणनीतिहरुमा सुधार तथा परिमार्जन गर्न तथा वन व्यवस्थापन योजना तथा अभ्यासहरुमा परिवर्तन गर्न आवश्यक पर्नेछ ।
सन् २०१० मा विश्व खाद्य तथा कृषि सँगठन (एफ.ए.ओ.) ले जलवायु परिवर्तनका सरोकारहरुलाई नयाँ तथा मौजुदा नीतिहरुमा तथा राष्ट्रिय कार्यक्रमहरुमा एकिकृत गर्न नीति निर्माताहरुलाई सहयोग पु¥याउन जलवायु परिवर्तन निर्देशिका तयार ग¥यो । प्रस्तुत दस्तावेजले २०१० को उक्त निर्देशिकाको सहगामीको रुपमा काम गर्नेछ । वन व्यवस्थापन इकाई स्तरमा जलवायु परिवर्तनका चुनौतीहरु तथा अवसरहरुलाई राम्रोसँग परीक्षण एवं सम्बोधन गर्न वन व्यवस्थापकहरुलाई सहयोग पु¥याउन यो निर्देशिका तयार गरिएकोछ । प्रस्तावित कार्यहरु सबै किसिमका वन व्यवस्थापकहरु (जस्तैः निजी वनका धनी, निजी वन उद्यम, सार्वजनिक निकाय, आदिवासी जनजाति समूह तथा सामुदायिक वन सँगठन) का लागि उपयुक्त होस् भन्ने कुरामा विचार पु¥याइएको छ । ती व्यवस्थापकीय कार्यहरु सबै क्षेत्रहरुमा सबै प्रकारका वनहरु तथा सबै प्रकारका व्यवस्थापन उद्देश्यहरुका लागि उपयोगी छन् । तिनीहरु सामान्यकृत छन्, त्यसैले तिनीहरुलाई स्थानीय परिवेशहरुको अनुकूल पार्नु आवश्यक पर्ने हुन्छ ।
जलवायु परिवर्तनका लागि अनुकूलन तथा न्यूनीकरण मुख्य दुई प्रत्युत्तरहरु हुन् । न्यूनीकरणले जलवायु परिवर्तनका कारणहरुलाई सम्बोधन गर्दछ भने अनुकूलनले यसका प्रभावहरुलाई । वनक्षेत्रमा अनुकूलनले वनजंगलको जलवायु परिवर्तन प्रतिको अतिसंवेदनशिलता घटाउने किसिमले वन व्यवस्थापनका अभ्यासमा गरिने परिवर्तन तथा जलवायु परिवर्तनमा मानिसहरुको जोखिम संवेदनशिलता घटाउन लक्षित हस्तक्षेपी कार्यहरुलाई समेट्दछ । वनक्षेत्रमा न्यूनीकरण रणनीतिलाई चार मुख्य वर्गहरुमा विभाजन गर्न सकिन्छ; वन विनासबाट हुने उत्सर्जन न्यूनीकरण, वन क्षयीकरणबाट हुने उत्सर्जन न्यूनीकरण, वनकार्वन विलयनक्षेत्रहरुको अभिवृद्धि र उत्पादन स्थानापन्नता ९उचयमगअत कगदकतष्तगतष्यल० आदि ।
दिगो वन व्यवस्थापन जलवायु परिवर्तन अनुकूलन तथा न्यूनीकरणसँग तादात्म्य राख्ने हुन्छ र परिवर्तन भैरहने परिस्थितिहरुमा अनुकूलित गर्न सकिने किसिमको विस्तृत प्रारुप उपलब्ध गराउँदछ । दिगो वन व्यवस्थापन तर्फ भैरहेका पहलहरुले प्रशस्त ज्ञान, अनुभव, सफल अभ्यास मार्गदर्शन, औजारहरु, पद्धतिहरु तथा साझेदारीहरु उपलब्ध गराएको छ जसलाई जलवायु परिवर्तनका चुनौतीहरुसँग जुध्ने काममा सहयोग पुर्याउन प्रयोगमा ल्याउन सकिन्छ । यी कुराहरुले यस दस्तावेजलाई सुसूचित गरेको छ । दिगो वन व्यवस्थापनलाई समग्र प्रारुपको रुपमा प्रयोग गर्नुले अनुकूलन तथा न्यूनीकरणका उपायहरु संकर्मणक कथलभचनष्कतष्अ० भएको तथा अन्य वन व्यवस्थापन उद्देश्यहरुसँग सन्तुलित रहेको सुनिश्चित गर्न मद्दत गर्दछ र वनजंगलको आर्थिक, सामाजिक तथा वातावरणीय महत्वहरुमा विचार पुर्याउँदछ ।
प्रस्तुत दस्तावेजले जलवायु परिवर्तनको प्रत्युत्तर स्वरुप अतिसंवेदनशिलता, जोखिम, न्यूनीकरण विकल्पहरु तथा आवश्यक अनुकूलन, न्यूनीकरणका कार्यहरुको परीक्षण गर्न र अनुगमनको लागि विचार पु¥याउनु पर्ने कुराहरुमा वन व्यवस्थापकहरुको अगुवाई ९नगष्मबलअभ० गर्नेछ । जलवायु परिवर्तन अनुकूलनका लागि सिफारिश गरिएका कार्यहरुले वनको उत्पादनशिलता, जैविक विविधता, पानीको उपलब्धता तथा गुणस्तर, डढेलो, हानिकारक किरा तथा रोगहरु, चरम मौसमी घटनाहरु, समुद्री सतह माथि बढ्ने तथा आर्थिक, समाजिक एवं संस्थागत पक्षहरुलाई सम्बोधन गर्नेछन् । यस निर्देशिकामा जलवायु परिवर्तनको सम्मुखमा वनजंगलहरुमा आवश्यक पर्नसक्ने न्यूनीकरणका विभिन्न कार्यहरु लगायत अतिरिक्त अनुगमन तथा मूल्याङ्कनका लागि मार्गदर्शन समेत उपलब्ध गराइएको छ ।
#FAO #ClimateChange #ForestManagement #11175 #11176 #Pair
|
Publisher:
FAO
,
(2013
) |
Type / Script:
Official Document
in Nepali - नेपाली
|
Keywords:
FOREST MANAGEMENT, FOREST POLICY, FOREST RESOURCES, FOREST CONSERVATION,, DEFORESTATION, REFORESTATION, AFFORESTATION, FOREST RESOURCE ASSESSMENT, SUSTAINABLE FORESTRY, GLOBAL WARMING, GREENHOUSE GASES, LAND-USE CHANGE, CLIMATE CHANGE, WEATHER MODIFICATION
|
Thematic Group: FAO
:
Food and Agriculture Organization
|
Thesaurus:
04.05.00
- Forestry
|
Reference Link:
|
|
|
** This document has been:
1044
times viewed
10
times downloaded. Feeder:
SPRSTHPT@GMAIL COM
, Editor:
, Auditor:
View Document History
|
|
|
|