United Nations
Information Centre | Nepal
खुला सरकार र खुला संसद
PDF File Size: 2.07 MB | Download   
लोकतन्त्रलाई परिणाममुखी बनाउन शासन पद्धतिको सुधारमा सरकार र नागरिकबीच साझेदारी गर्ने नयाँ अवधारणा स्थापित भैरहेको छ । शासन सुधार प्रक्रियामा आम नागरिकलाई मागकर्ता वा दबाबकर्ताका रूपमा मात्र सीमित नराखी उनीहरूको सक्रिय र सुसूचित सहभागिता एवं सिर्जनशील योजनाको साझेदारका रूपमा ग्रहण गरिनु पर्दछ भन्ने मान्यताको आधारमा नै यो अवधारणाले वैधता पाउँदै गएको छ । पारदर्शी संस्कृतिलाई जगदेखि नै हुर्काएर शासन प्रणालीसँग नागरिकलाई प्रत्यक्ष जोडी सहभागितामूलक लोकतन्त्रलाई यथार्थमा रूपान्तरण गर्न नै खुला सरकार साझेदारीको अवधारणा बनेको हो ।
विश्वका शासन सुधारको अभियानमा क्रियाशील राजनेताहरू, सरकारका अधिकारीहरू, नागरिक समाजका अभियन्ताहरू तथा पछिल्लो सूचना प्रविधि क्रान्तिको उपजका रूपमा आएका प्रविधिज्ञहरू समेतको साझा पहलमा सन् २०११ मा एउटा नयाँ विश्व मञ्चको उदय भयो, जसलाई इउभल न्यखभचलmभलत एबचतलभचकजष्उ ९इन्ए० अर्थात् खुला सरकार साझेदारी भनिन्छ । यो विश्व मञ्चको स्थापनापछि खुलापनको एक एकीकृत र सिर्जनशील प्याकेजका रूपमा सुधारका विभिन्न आयामहरूलाई समेटी विश्व अभियान अगाडि बढिरहेको छ । यसै अभियानअन्तर्गत विभिन्न विषयगत क्षेत्रमा पनि खुलापन विस्तार गर्ने पहलहरू सञ्चालनमा आएका छन् । यीमध्ये खुला संसदको अवधारणा पनि एक हा े।
खुला सरकार साझेदारीमा विश्वका ७९ देशहरूका सरकार र हजारौं नागरिक समाज संस्थाहरू आबद्ध भैसकेका छन ्। तर नेपाल यस साझेदारीको सदस्य भैसकेको छैन । यस विश्व संस्थाको स्थापनाकालदेखि नै नेपालले यस साझेदारीको सदस्य हुन आवश्यक न्यूनतम मापदण्ड पूरा गरेको छ । तथापि नेपाल यस अभियानको एक सक्रिय सहभागी मुलुक हुन अझै बाँकी छ । नेपालमा शासनको पारदर्शिता र नागरिक सहभागिताको प्रवद्र्धनमा संलग्न नागरिक समाजका संघसंस्था यस अभियानसँग जोडिएर विभिन्न विषयगत क्षेत्रमा वकालत गरिरहेका छन ्। नेपाल सरकारलाई खुला सरकार साझेदारी (ओजिपी) प्रक्रियामा सामेल हुन घच्घच्याइ रहेका छन् ।
खुला सरकार र खुला संसद
नागरिकसँगको सहकार्यमा राम्रो शासनको अवस्था सिर्जना गर्ने प्रतिबद्धता विश्व मञ्चमा प्रदर्शन गर्न नेपाल सरकारले हिच्किचाउनु पर्ने खास कुनै कारण छैन । नेपालले खुला सरकारका मान्यतालाई आत्मसात गरेको छ र कैयौं सफल अभ्यास र अनुभव पनि छन ्। तसर्थ यो विश्व मञ्चमा नेपाल छिट्टै सहभागी हुनु राम्रो हुन्छ ।
खुला सरकार साझेदारी र सोही अभियानको एक अर्को महत्वपूर्ण पक्ष खुला संसदको मान्यताबारे जिज्ञासुहरूलाई जानकारी होस् र सरोकारवालाहरूलाई यस अभियानमा अग्रसर हुन स्पष्टता आओस् भन्ने उद्देश्यले यो जानकारी पुस्तिका प्रकाशनमा ल्याइएको हो
#opengovernment #openparliament #undp #freedomforum
Publisher:
Freedom Forum/ UNDP ,   (2019 )
Type / Script:
Progress Report in Nepali - नेपाली
Keywords:
ACCOUNTABILITY, CIVIL SOCIETY, COMMUNITY PARTICIPATION, CORPORATE GOVERNANCE, E, GOVERNMENT, LEADERSHIP,POLITICAL PARTICIPATION, POPULAR PARTICIPATION, PUBLIC ADMINISTRATION, SECURITY SECTOR REFORM,REPRESENTATIVE GOVERNMENT, COALITION GOVERNMENTS, CABINET OFFICERS, PARLIAMENTARY PRACTICE, PRIME MINISTERS,LEGISLATIVE BODIES, LEGISLATIVE POWER, POLITICAL SYSTEMS
Thematic Group:
 UNDP : Social and Institutional Developoment
Thesaurus:
01.01.00  -  Political Conditions, Institutions, Movements
Reference Link:
** This document has been:
1281  times viewed
8  times downloaded.
Feeder: PRATIBHA DAWADI@GMAIL COM , Editor: , Auditor:

View Document History
Related Topics