|
दिगो विकासका लक्ष्यहरू प्रदेश नं.पाँचको आधार तथ्याड्ढ प्रतिवेदन
|
दिगो विकास लक्ष्य (दिविल) हरूको तय गर्ने दिगो विकासका लागि सन् २०३० एजेण्डा सामाजिक रूपमा समावेशी र वातावरणीय रूपमा दिगो आर्थिक वृद्धिलाई एकीकृत रूपमा हासिल गर्ने आवश्यकताबाट उत्पत्ति भएको हो । दिगो विकासको मानक आधार भनेको एउटा सदाचारी विश्वव्यापी समाजको खोजी हो जुन तीन वटा विश्वासमा आधारित छ ः(क) सम्पन्नताका बीच गरिबी रहनु हुँदैन, (ख) राष्ट्रहरूको विश्वव्यापी समुदायले सामाजिक सद्भाव र हिडडुल प्रवद्र्धन गर्नुपर्छ, असमानताहरू कम गर्नुपर्छ र समाजभित्र र समाजहरू बीच रहेको सबै प्रकारका भेदभावको अन्त्य गर्नुपर्छ, (ग) पृथ्वीको संरक्षण गर्ने मानवजातिको नैतिक दायित्व हो ।
यी आर्थिक, सामाजिक र वातावरणीय लक्ष्यहरू एकअर्कासँग अन्तरसम्बन्धित छन् र त्यसैकारण त्यसका लागि एकीकृत समाधानहरूको खाँचो छ । ती सबैका लागि असल शासनको अभ्यास गरिनुपर्छ र जटिल प्रणालीहरूको विज्ञानलाई बुझिदिनुपर्छ । १ रियो दि जेनेरियोमा जुन २०१२ मा भएको दिगो विकाससम्बन्धी राष्ट्रसंघीय सम्मेलन (रियो+२०) मा औपचारिक रूपमा दिविलका सम्वन्धमा पहिलो पटक र त्यसपछि सेप्टेम्बर २०१४ मा संयुक्त राष्ट्रसङ्घको महासभामा छलफल गरिएको थियो ।
#sdgs #sdgsinnepal #provinceno5 #undpnepal2019 #11050 #11047 #pairing
|
Publisher:
UNDP
,
(2019
) |
Type / Script:
Progress Report
in Nepali - नेपाली
|
Keywords:
ECODEVELOPMENT, ECOLOGICALLY SUSTAINABLE DEVELOPMENT, SUSTAINABLE ECONOMIC DEVELOPMENT, ECONOMIC DEVELOPMENT,SUSTAINABLE ENERGY,CLEANER PRODUCTION, ECOTOURISM, ENVIRONMENTAL IMPACT ASSESSMENT, ENVIRONMENTAL MANAGEMENT, ENVIRONMENTAL PROTECTION, GREEN ECONOMY, LOW WASTE TECHNOLOGY, NATURAL RESOURCES POLICY, SUSTAINABLE AGRICULTURE, SUSTAINABLE CONSUMPTION, SUSTAINABLE TRANSPORT, DEVELOPMENT
|
Thematic Group: UNDP
:
Social and Institutional Developoment
|
Thesaurus:
03.03.00
- Environment
|
Reference Link:
|
|
|
** This document has been:
1456
times viewed
15
times downloaded. Feeder:
HANGENLIMBU
, Editor:
PRATIVA DAWADI
, Auditor:
View Document History
|
|
|
|
|
|
|