United Nations
Information Centre | Nepal
आइसिपिडीको पच्चीस वर्षे यात्रा :जनङ्ख्या र विकासमा प्रतिबद्धता
PDF File Size: 564 KB | Download   
सन् १९९४ मा इजिप्टको राजधानी कायरोमा जनसंख्या र विकासका लागि अन्तराष्ट्रिय सम्मेलन(आइसिपिडी) आयोजना भएको ठिक २५ वर्ष पुगेको छ । नेपाल लगायत १७९ देशहरुले हस्ताक्षर गरेको आइसिपिडीको
कार्ययोजनाले विकासका प्रयासहरुमा महिलाहरुको प्रजनन स्वास्थ्य र अधिकारलाई केन्द्रमा राख्न जोड दियो। सन्१९९४
यता विश्वभर उल्लेखनिय प्रगति हासिल भएता पनि धेरै महिला तथा किशोरीहरुलाई अझै पनि आइसिपिडीको एजेण्डाले
छुन सकेको छैन ।
विगत २५ वर्षमा भएका उपलब्धिहरु मनाउदै गर्दा वर्तमानको आवश्यकता भनेको बाँकी रहेका अपूर्ण काम पूर्ण
बनाउनका लागी एउटा मार्गचित्र तयार गर्नु हो । सन् २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्न आइसिपिडीेको
एजेण्डा पनि साकार बनाउन आवश्यक देखिन्छ । आइसिपिडीको २५ औ वार्षिकोत्सव यस्तोसुनौलोअवसर हो जसले
आइसीपीडीको कार्ययोजनालाई पूर्ण रुपमा कार्यान्वयन गर्न थप कार्यका लागी नयाँ उर्जा दिदंै राजनीतिक प्रतिबद्घता
हासिल गर्न सहयोग गर्दछ ।
यस अवसरलाई भव्यरुपमा मनाउन केन्या र डेनमार्कका सरकार अनि यूएनएफपीएको सहकार्यमा १२–१४ नोभेम्बर
२०१९ मा नैरोबी शिखर सम्मेलन आयोजना हुदैछ । जसको उद्देश्य भनेको रोकथाम गर्न सकिनेमातृमृत्युदर, आधुनिक
गर्भनिरोधक साधनहरुको अपुर्ण माग, लैङ्गिक हिंसा र महिला तथा किशोरीले भोगिरहेको समाजमा व्याप्त हानीकारक
अभ्यासहरुको अन्त्य गर्नेलक्ष्य प्रति थप प्रतिबद्घता हासिल गर्नुहो । सन्२०३० सम्ममा दिगो विकासका लक्ष्य हासिल
गर्नका लागि यस्तो प्रतिबद्घता आउन अपरिहार्य छ । नैरोबी शिखर सम्मेलनले राष्ट्रसंघका सदस्य राष्ट्रहरु र सबै
सरोकारवाललाई सबैका लागि अधिकार र छनौट सुनिश्चित गराउन एकै थलोमा ल्याउनेछ ।

#25YearsoftheICPD #AcceleratingthePromise #UNFPA2019 #pairing #11019 #11007
Publisher:
UNFPA ,   (2019 )
Type / Script:
Bulletin or Poster in Nepali - नेपाली
Keywords:
AGE DISTRIBUTION, AGE-SEX DISTRIBUTION, DEMOGRAPHY, POPULATION, POPULATION DENSITY, POPULATION DISTRIBUTION, POPULATION SIZE, GENDER, DEATH,OPTIMUM POPULATION, OVERPOPULATION, RURAL POPULATION, STABLE POPULATION, URBAN POPULATION, CULTURAL DEVELOPMENT, ECONOMIC DEVELOPMENT, EDUCATIONAL DEVELOPMENT, REGIONAL DEVELOPMENT, RURAL DEVELOPMENT, SOCIAL DEVELOPMENT, DEVELOPMENT PROJECTS, HEARINGS,PLEDGING CONFERENCES
Thematic Group:
 UNFPA : Population studies
Thesaurus:
08.00.0A  -  Population
Reference Link:
** This document has been:
1300  times viewed
4  times downloaded.
Feeder: PRATIBHA DAWADI@GMAIL COM , Editor: , Auditor:

View Document History
Related Topics