United Nations
Information Centre | Nepal
घरेलु हिंसाको सम्बोधन:नेपालस्थित संयुक्त राष्ट्र संघका कर्मचारीको लागि श्रोत पुस्तिका
PDF File Size: 3.1 MB | Download   
घरेलु हिंसा सबैभन्दा बढी हुने तथा सबैभन्दा कम देखिने हिंसाको किसिम हो । यसको विनाशकारी परिणाम पीडितको जीवनमा मात्र नभई बृहत्तर रुपमा परिवार, समुदाय तथा समाजलाई पनि पर्दछ । संसारभर नै घरेलु हिंसा मानव अधिकारको एक भयानक समस्याको रुपमा देखिएको छ तर लाज तथा लाञ्छाना लाग्ने त्रासले पीडितहरू आफूमाथि भइरहेको हिंसाका बारेमा कुरा गर्न तथा सहयोग लिन गाह्रो मान्छन् । त्यसैले यो घरभित्रै गुपचुप र अदृश्य रहेको छ । नेपालको राष्ट्रिय जनसांख्यिक स्वास्थ्य सर्वेक्षण (२०१६) का अनुसार कुनै समयमा वैवाहिक सम्बन्धमा रहेका महिलामध्ये ८४% ले उनीहरूको पति घरेलु हिंसाका लागि प्रमख दोषी रहेको बताए भने ११% ले पूर्व पति त्यसको लागि जिम्मेवार भएको बताएका छन । घरेलु हिंसा सबै भन्दा धेरै निकट सम्बन्ध भएका व्यक्तिबाट हुने गर्छ भने परिवारका अन्य सदस्य वा एउटै घरमा बसिरहेका अन्य व्यक्तिबाट पनि हुन सक्दछ । नेपालमा घरेलु हिंसाको अवस्थाबारे संयुक्त राष्ट्र संघका कर्मचारीहरूमा गरिएको सर्वेक्षण (२०१७) अनुसार हाम्रा कतिपय कर्मचारीहरू पनि घरेलु हिंसाबाट प्रभावित भएको पाइयो । सर्वेक्षणले नेपालका अन्य महिलाहरूले सामना गर्नु परेको संख्या सरह नै हाम्रा महिला कर्मचारीले पनि घरेलु हिंसाको सामना गर्नु परेको देखायो । संयुक्त राष्ट्र संघमा कार्यरत सबै कर्मचारीलाई यो संस्था लैिङ्गक, जात, जातीय, यौनिक रोजाइ र अपाङ्गता मैत्री रहेको अलावा घरेलु हिंसाबाट पीडितहरुका लागि समेत सहयोग दिने निकायको रुपमा परिचित गराई सोही अनुसारको व्यवहार गर्नु र सुविधा दिनु हाम्रो कर्तव्य रहेको छ । यसकारण घरेलु हिंसा विरुद्ध कार्यरत संस्थाले पनि सम्बोधन गर्नुपर्ने विषयका रुपमा स्थापित गर्न आवश्यक छ । यो श्रोत पुस्तिका संयुक्त राष्ट्र संघका कर्मचारी तथा तिनका परिवारका सदस्यहरूका लागि सन्दर्भ सामग्रीको रुपमा तयार गरिएको छ । यस पुस्तक प्रयोग गरेर उनीहरूले घरेलु हिंसाको बारेमा अझ राम्रोसँग बुझ्न, घर तथा कार्यस्थलमा यसको सामना गर्न तथा आपूm र आफ्ना सहकर्मीलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने बारेमा उल्लेख गरिएको छ । यसबारे जानकारी लिन इच्छुकहरु वा सहयोग खोजी रहेकाहरूको लागि यसले बृहत् स्तरको सेवा तथा श्रोत उपलब्ध गराउँदछ । संयुक्त राष्ट्र संघमा नियुक्त भएर आएका नयाँ कर्मचारीहरूले सेवा प्रवेश पूर्वको अभिमुखीकरणमा थपिएको यो एक महत्वपूर्ण सामग्री हुनेछ भने कार्यरत कर्मचारीहरूका लागि उपलब्ध अन्य श्रोतहरुजस्तै घरेलु हिंसासम्बन्धी यो श्रोत पुस्तिकाले थप पूर्णता प्रदान गर्नेछ । यसको प्रकाशन युएनडिपी, युएनएफपीए, युएनओपीएस, युएन वुमन (नेपाल) कर्मचारी संगठन तथा संयुक्त राष्ट्र संघको लैङ्गिक विषय समूहको सहकार्यात्मक पहलको परिणाम हो । यद्यपि यो ‘जीवन्त दस्तावेज’ हो र संयुक्त राष्ट्र संघमा कार्यरत कर्मचारीहरूको सुझावबाट यसलाई आउँदा दिनमा परिमार्जन गर्न सकिनेछ । त्यसैले मैले तपाइँहरू सबैलाई माथि उल्लिखित कुरालाई ध्यान दिई यो स्रोत पुस्तक पढ्न र केही सुझाव वा प्रतिक्रिया भएमा युएनडिपी, युएनएफपीए, युएनओपीएस÷युएन वुमन (नेपाल) कर्मचारी संगठन तथा संयुक्त राष्ट्र संघको लैङ्गिक विषय समूहलाई सिधै उपलब्ध गराउन आग्रह गर्दछु । घरेलु हिंसाको समाधान गर्न सम्भव छ, तर त्यसका लागि हामी सबैको संयुक्त पहल हुन आवश्यक छ । घरेलु हिंसाबाट प्रभावितहरूलाई सहयोग गर्न हामी राम्रोसँग तयार हुनुको साथै हिंसा सह्य नहुने घर, कार्यस्थल तथा समुदाय बनाउनु हाम्रो जिम्मेवारी हो । हाम्रो कार्यस्थलमा त्यस्ता सवालका बारेमा मौनता तोड्न सक्यौं भने हिंसाको चक्रलाई रोक्न सकिन्छ ।
#respondingtodomesticviolence #domesticviolence #resourceguideforunpersonnelinnepal #unwomen
Publisher:
UNWOMEN ,   (2019 )
Type / Script:
Progress Report in Nepali - नेपाली
Keywords:
CONJUGAL VIOLENCE,DOWRY-RELATED VIOLENCE,FAMILY VIOLENCE,SOCIAL PROBLEMS,VIOLENCE CHILD ABUSE,ASSAULT AND BATTERY,BATTERED WOMEN,CRIMES AGAINST THE PERSON,FAMILY FAMILY DISINTEGRATION,GENDER-BASED VIOLENCE,HONOUR KILLINGS,SOCIAL PROBLEMS, VIOLENCE, SEXUAL VIOLENCE,VIOLENCE AGAINST WOMEN,HONOUR KILLINGS,BATTERED WOMEN DOMESTIC VIOLENCE,FORCED PROSTITUTION,GENDER DISCRIMINATION,RAPE,RAPE VICTIMS,SEX CRIMES,SEXUAL HARASSMENT,WOMEN IN ARMED CONFLICTS
Thematic Group:
 UNWOMEN : Gender Equality and the Empowerment of Women
Thesaurus:
14.05.03  -  Social Development
Reference Link:
** This document has been:
1271  times viewed
21  times downloaded.
Feeder: PRATIBHA DAWADI@GMAIL COM , Editor: , Auditor:

View Document History
Related Topics