United Nations
Information Centre | Nepal
नेपालको सामाजिक सुरक्षा क्षेत्रबारे विश्लेषणात्मक जानकारी पत्र
PDF File Size: 1.48 MB | Download   
नेपालमा निवृत्तिभरण, उपदान तथा सञ्चय कोष योजनाहरूको लामो इतिहास भए पनि
नयाँ संविधानले यसलाई थप विस्तारित गर्ने व्यवस्था गरेको छ, जसलाई भविष्यमा तर्जुमा
हुने कानुनी व्यवस्थाहरूले थप आधार प्रदान गर्नेछन् । आर्थिक स्रोत अहिले नै सीमित
भइसकेका कारण केही योजना दिगो हुन नसक्लान् । यस जानकारी पत्रमा सामाजिक सुरक्षा
व्यवस्थाका वर्तमान तथा भावी आयामहरूका साथै यी हक–अधिकारको उपयोग एवं सेवा
प्रवाहका लागि अझ राम्रोसँग गर्नुपर्ने तयारी विषयमा विश्लेषण गरिएको छ ।

सामाजिक सुरक्षाको क्षेत्र
हाल सञ्चालनमा रहेका सामाजिक सुरक्षा योजनाहरू तीन समूहमा बाँडिएका छन् ः
सामाजिक बीमा, सामाजिक सहयोग र श्रम बजार हस्तक्षेप ।
सामाजिक बीमा योजनाहरूमा निवृत्तिभरण तथा उपदान सुविधा, कर्मचारी सञ्चय कोष
र नागरिक लगानी कोषका साथै अपाङ्गता भएकाहरूका लागि बीमा, सुत्केरी बिदा,
श्रमसम्बन्धित चोटपटक, अस्वस्थता तथा आश्रितलाई दिइने सुविधा पर्दछन् । अस्वस्थता,
अपाङ्गता, श्रमसम्बन्धित चोटपटक तथा वृद्धावस्थासँग सम्बन्धित जोखिमलाई न्यूनीकरण
गर्ने उद्देश्ययुक्त यी योजना औपचारिक क्षेत्रका कामदार–कर्मचारीहरूप्रति मात्र लक्षित छन् ।
सामाजिक सहयोग कार्यक्रमहरूमा नगद सामाजिक सुरक्षा भत्ता, वस्तुगत सामग्री वितरण,
प्राथमिक स्वास्थ्य स्याहार तथा आधारभूत शिक्षा पर्दछन् ।
श्रम बजार हस्तक्षेपमा कर्णाली अञ्चलमा सञ्चालित रोजगारी कार्यक्रम, ग्रामीण सामुदायिक
पूर्वाधार कार्यहरू, प्राविधिक तथा व्यावसायिक शिक्षा तालिम, सीप एवं उद्यमशीलता
विकास कार्यक्रम तथा बालश्रम उन्मूलन एवं बालश्रम सुधार कार्यक्रम पर्दछन् । यी सबै
कार्यक्रमको उद्देश्य रोजगारी वृद्धि तथा उत्पादनशील श्रम बजारलाई सहजीकरण गर्नु हो ।
विभिन्न सामाजिक सुरक्षा योजनाबाट लाभान्वित हुनेको कुल संख्या सन् २०१४ मा करिब
७६ लाख थियो । यो संख्या कुल जनसंख्याको २७.३ प्रतिशत मात्र हो ।

अन्तर
यी सामाजिक सुरक्षा योजनाहरू विगतमा आफ्नै कानुन, नियमावली, निर्देशिका तथा
मार्गनिर्देशिकाहरूको अधिनमा रहेर प्रभावकारिता सुनिश्चित नगरीकनै एकपछि अर्काे
गर्दै लागू गरिएका थिए । व्यवस्थित नीतिगत रूपरेखाबिना सञ्चालनमा रहेका यस्ता
नेपालको सामाजिक सुरक्षा क्षेत्रबारे विश्लेषणात्मक जानकारी पत्र कार्यक्रमहरू विभिन्न क्षेत्रमा छरिएका छन् । राष्ट्रिय योजना आयोगले हालैमात्र सामाजिक सुरक्षासम्बन्धी १० वर्षे राष्ट्रिय संरचनाको मस्यौदा तयार गरेको छ तर यसले पूर्णता पाउन बाँकी नै छ । एक दर्जनभन्दा बढी मन्त्रालय तथा निकायको मातहतमा सामाजिक सुरक्षा
व्यवस्थासम्बन्धी कार्यक्रमहरू सञ्चालित छन् तर तिनको कार्यान्वयन तथा अनुगमन गर्नका
लागि कुनै व्यवस्थित संस्थागत रणनीति भने अझै पनि छैन ।
विभिन्न किसिमका सामाजिक सुरक्षा योजनाहरूका लागि स्रोत व्यवस्था गर्न आर्थिक वर्ष
२०६६÷६७ देखि सामाजिक सुरक्षा कर लागू गरिएको भए पनि लाभमुखी कार्यक्रमसहित यी
योजनाका विस्तृत खाका कहिल्यै तयार गरिएन ।
श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत २०६७ असारमा सामाजिक सुरक्षा कोष स्थापना गरिएको
भए पनि सामाजिक सुरक्षाको क्षेत्रमा यसले नेतृत्वदायी भूमिका निर्वाह गर्न सकेको छैन ।
सम्बन्धित निकायहरूबीच कमजोर समन्वय, कमजोर सूचना व्यवस्थापन प्रणाली तथा
संस्थागत क्षमताको अभाव नै गम्भीर समस्याका रूपमा रहेका छन् ।
हाल सामाजिक सुरक्षा लागत चालू खर्चको १५ प्रतिशत र कुल बजेट खर्चको १० प्रतिशत छ
भने कुल गार्हस्थ्य उत्पादनमा यसको अनुपात २.४ प्रतिशत रहेको छ । सामाजिक सुरक्षाका
क्षेत्रमा आर्थिक स्रोतको व्यवस्थापन चिन्ताको विषय रहेको छ र रहने छ । अहिलेसम्म
निवृत्तिभरण र उपदान सुविधा तथा सामाजिक सुरक्षा भत्ताजस्ता कार्यक्रमका लागि आर्थिक
व्यवस्था राजस्व स्रोतबाटै गर्ने गरिएको छ ।
सामाजिक सुरक्षा व्यवस्थाले कुल जनसंख्याको सानो अंशमात्र समेटेको छ । निवृत्तिभरण
सुविधा सार्वजनिक क्षेत्र÷सरकारी कर्मचारीहरूका लागि मात्र उपलब्ध छ । नेपालको कुल
श्रमशक्तिमा ९० प्रतिशतभन्दा बढी स्थान ओगट्ने असंगठित तथा अनौपचारिक क्षेत्रमा
काम गर्ने श्रमिक तथा कर्मचारीहरूका लागि कुनै पनि किसिमको सामाजिक सुरक्षा योजना
उपलब्ध छैन । विदेशमा कार्यरत नेपाली नागरिक (वा स्वदेशमा कार्यरत विदेशी नागरिक)
का लागि सामाजिक सुरक्षाको कुनै व्यवस्था गरिएको छैन ।

Reference Link:https://www.ilo.org/wcmsp5/groups/public/---asia/---ro-bangkok/---ilo-kathmandu/documents/publication/wcms_553894.pdf
Publisher:
ILO /GON ,   (2017 )
Type / Script:
Annual Report in Nepali - नेपाली
Keywords:
SOCIAL INSURANCE,SOCIAL PROTECTION, FAMILY ALLOWANCES, INCOME MAINTENANCE, NATIONAL HEALTH INSURANCE, OLD AGE BENEFITS,UNEMPLOYMENT INSURANCE, INCOME POLICY INSURANCE, SOCIAL LEGISLATION, SOCIAL SECURITY LEGISLATION, SOCIAL SECURITY, CONTRIBUTIONS,SOCIAL WELFARE, DISABILITY BENEFITS
Thematic Group:
 ILO : International Labor & Labor
Thesaurus:
14.05.04  -  Welfare And Social Services
Reference Link:
** This document has been:
1485  times viewed
18  times downloaded.
Feeder: PRATIBHA DAWADI@GMAIL COM , Editor: , Auditor:

View Document History
Related Topics