United Nations
Information Centre | Nepal
विविध सांस्कृतिक सम्पदाका धनी लोमान्थाङ् (Lo Manthang, a diverse and exuberant cultural heritage)
PDF File Size: 8.68 MB | Download   
समुद्री सतहबाट लगभग ३,८०० मिटरको उचाईमा अवस्थित हिमालपारिको जिल्लाको नामले प्रसिद्ध लो राज्यको राजधानी लोमान्थाङ् नेपालको मुस्ताङ जिल्लाको माथिल्लो मुस्ताङमा पर्दछ ।
कालीगण्डकी नदीले काटेको हिमशृङ्खलापारिको यो प्राचीन वस्ती सोही नदीको किनारै किनार चलेको नेपाल र
तिब्बतबीचको प्राचीन व्यापारिक मार्गमा पर्नुका साथै प्रसिद्ध रेशममार्ग सञ्जालको एउटा महत्वपूर्ण खण्ड पनि हो ।
सन् १४४० (बि.सं. १४९७) मा आमेद्पालले लो (मुस्ताङ)लाई स्वतन्त्र भएको घोषणा गरेपछि यो एउटा स्वतन्त्र राज्यको रुपमा देखापरेको थियो । तर यस क्षेत्रको इतिहास भने यो भन्दा धेरै पुरानो छ । आठौं शताब्दीमा प्रसिद्ध बौद्ध धर्मगुरु पद्मसंभव र एघारौं शताब्दीमा अतिशा र ङोर्चेन कुङ्गा साङ्पोले यस क्षेत्रको भ्रमण गरी बौद्ध धर्मको प्रचार गरेको मानिन्छ ।
यस अघि पुरानो प्रकृतिवादी झाँक्री पद्धतिको बोन धर्म व्यापक रुपमा प्रचलनमा रह्यो । यी दुई भिन्न विचारधारा भएका धर्मसम्प्रदायको आध्यात्मिक एवं सांस्कृतिक पृष्ठभूमिमा यस क्षेत्रमा आनै मौलिक विशेषता भएको एउटा सशक्त संस्कृतिको विकास भयो ।
वि.सं. १८४६ सालदेखि बृहत्तर नेपालभित्र आश्रित राज्यको रुपमा समाहित भएको यस लो क्षेत्रमा समृद्ध बौद्ध संस्कृति
र सभ्यताको निरन्तरतामा वृद्धि भयो । यो लामो ऐतिहासिक विकासक्रममा लो क्षेत्रमा थुप्रै मूर्त एवं अमूर्त सांस्कृतिक
सम्पदाहरूको सिर्जना भयो जुन यस क्षेत्रको विषेशता बन्न गयो ।
#LoManthang #UNESCO2018
Publisher:
UNESCO ,   (2018 )
Type / Script:
Publication in Nepali - नेपाली
Keywords:
CULTURAL PROPERTY,CULTURAL VALUES, CUSTOMS AND TRADITIONS, CULTURE, RIGHT TO CULTURE, TRADITIONAL KNOWLEDGE
Thematic Group:
 UNESCO : Educational, Scientific and Cultural
Thesaurus:
15.00.0A  -  Culture
Reference Link:
** This document has been:
1393  times viewed
479  times downloaded.
Feeder: HANGENLIMBU , Editor: , Auditor:

View Document History
Related Topics