|
आप्रवासन, विस्थापन र शिक्षा
|
संसारभर आप्रवासन र विस्थापनका सशक्त तथा कारुणिक घटना घटिरहेका छन् । महत्वाकांक्षा, आशा, त्रास, अपेक्षा, प्रतिभा, सन्तुष्टि,
बलिदान, साहस, लगनशीलता र पीडासँग जोडिएका यस्ता घटनाले आप्रवासन भनेको आत्मसम्मान, सुरक्षा तथा राम्रो भविष्यको मानवीय
आकांक्षा हो भनेर देखाउँछन् । आप्रवासन र विस्थापन सामाजिक संरचना र मानव समुदायको एउटा अभिन्न अङ्ग बन्दै आएको छ ।
साथै आप्रवासन र विस्थापनले विभिन्न राष्ट्र र समाजबीच विभाजनका रेखाहरू कोर्ने गर्छ । हालैका केही वर्षमा आप्रवासी, शरणार्थी र
विस्थापित मानिसको बसाइँसराइबाट सिर्जित विभिन्न समस्याका कारण आप्रवासनबाट हुने बृहत् फाइदा ओझेलमा पारेका छन् ।
सन् २०३० सम्मका लागि तय गरिएको दिगो विकासको लक्ष्यमा साझा भविष्य निर्माणका लागि सबैले आ—आफ्नो दायित्व पूरा गर्नुपर्छ
भनेर स्पष्ट रूपमा उल्लेख गरिएको छ । तर केही मानिसले अझै पनि आप्रवासन र विस्थापनप्रति नकारात्मक धारणा राख्ने गर्छन् ।
नकारात्मक धारणा र प्रतिक्रियालाई अवसरको साटो अवरोध सिर्जना गर्दा लाभ देख्ने अवसरवादीहरूले दुरूपयोग गरिरहेका छन् । यस
परिप्रेक्ष्यमा मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्रमा उल्लिखित ‘सबै राष्ट्र, जात तथा धार्मिक समूहबीच समझदारी, सहिष्णुता र
भातृत्व प्रवद्र्धन’ को सिद्धान्तलाई सार्थक बनाउन शिक्षाले महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।
|
Publisher:
UNESCO
,
(2019
) |
Type / Script:
Publication
in Nepali - नेपाली
|
Keywords:
IMMIGRATION, INTERNATIONAL MIGRATION, MIGRATION, IMMIGRANTS, RESETTLEMENT
|
Thematic Group: UNESCO
:
Educational, Scientific and Cultural
|
Thesaurus:
08.01.00
- Population Dynamics
|
Reference Link:
N/A
|
|
|
** This document has been:
731
times viewed
3
times downloaded. Feeder:
HANGENLIMBU
, Editor:
, Auditor:
View Document History
|
|
|
|
|
|
|