निरन्तर दोहोरिरहने बहु–प्रकोपका घटनाहरुबाट उत्पन्न
विपद्को अत्यधिक जोखिममा रहेको मुलुकहरुमध्ये नेपाल
पनि एक हो । यहॉ प्रत्येक वर्ष बाढी, पहिरो, चट्याङ्ग,
आगलागी, सडक दुर्घटना र महामारी जस्ता प्राकृतिक
तथा गैरप्राकृतिक प्रकोपहरुका कारण जनधनको ठूलो क्षति
तथा नोक्सानी हुने गरेको छ । मुलुक विषम भू–बनावट,
कमजोर भौगर्भिक अवस्था, मौसमी विषमता तथा जलवायु
परिवर्तनका कारण भूकम्प, बाढी, पहिरो तथा भू–स्खलन,
डुबान, चट्याङ, खडेरी, हिमपात, असिना, हिमपहिरो,
हिमताल विष्फोटन, अतिबृष्टि, अनावृष्टि, हुरी बतास,
शीतलहर, तातो हावाको लहर, वन डढेलो लगायतका
प्राकृतिक प्रकोपहरुबाट प्रभावित छ । त्यसैगरी नेपाल
सडक दुर्घटना, महामारी, अनिकाल, कीट वा सूक्ष्म जीवाणु
आतंक, पशु तथा चराचुरुङ्गीमा हुने फ्लु, प्यान्डामिक फ्लु
जस्ता महामारी, सर्पदंश, जनावर आक्रमण, खानी, हवाई,
द्द विपद् जोखिम न्यूनीकरण राष्ट्रिय नीति – २०७५ विपद् जोखिम न्यूनीकरण राष्ट्रिय नीति – २०७५
जल वा औद्योगिक दुर्घटना, आगलागी, विषाक्त ग्याँस,
रसायन वा विकिरण चुहावट, ग्याँस विष्फोटन, विषाक्त
खाद्य सेवन, वातावरणीय प्रदुषण, वन विनास वा भौतिक
संरचनाको क्षति तथा प्रकोप उद्धार कार्यमा हुने दुर्घटना
लगायतका गैरप्राकृतिक प्रकोपबाट पनि प्रभावित छ ।
२०७२ साल बैशाखमा आएको गोरखा भूकम्प, २०७१ र
२०७४ सालमा आएको बाढी तथा पहिरो र यसबाट भएको
ठूलो जनधनको क्षति तथा नोक्सानी यसका पछिल्ला
उदाहरणहरु हुन् । जनसंख्या बृद्धि, गरिबी, अव्यवस्थित
शहरीकरण र जोखिम असंवेदनशील विकासका कार्यहरुले
गर्दा विपद् सङ्कटासन्नतामा अझ बृद्धि भइरहेको छ ।
नेपाल सरकारले विपद् जोखिम न्यूनीकरण तथा
व्यवस्थापनका कार्यहरुलाई योजनाबद्ध र व्यवस्थित गर्न
नीतिगत, कानूनी तथा संस्थागत व्यवस्था गरेको छ ।
यस सन्र्दभमा विपद् जोखिम व्यवस्थापनका लागि दैवी
प्रकोप (उद्धार) ऐन, २०३९, स्थानीय स्वायत्त शासन ऐन,
२०५५, भवन ऐन, २०५५, राष्ट्रिय भवन संहिता, २०६०,
विपद् जोखिम व्यवस्थापन राष्ट्रिय रणनीति, २०६६,
विपद् जोखिम न्यूनीकरण राष्ट्रिय नीति – २०७५ घ
जलवायु परिवर्तन नीति, २०६७, भू–उपयोग नीति २०६९,
जल उत्पन्न प्रकोप व्यवस्थापन नीति, २०७२, राष्ट्रिय
पुनर्निर्माण तथा पुनस्र्थापना नीति, २०७२, राष्ट्रिय विपद्
प्रतिकार्यको कार्यढाँचा, २०७०, बस्ती विकास, शहरी
योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत मार्गदर्शन,
२०७२, राष्ट्रिय शहरी विकास रणनीति, २०७३ आदि
महत्वपूर्ण कानूनी तथा नीतिगत आधार हुन् भने नेपालको
संविधान, २०७२ पछि आएका स्थानीय सरकार सञ्चालन
ऐन, २०७४ र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन
ऐन, २०७४ पछिल्ला महत्वपूर्ण कानूनी व्यवस्था हुन् । साथै
केन्द्रदेखि स्थानीय स्तरसम्म कानून बमोजिम स्थापित दैवी
प्रकोप उद्धार समितिहरु, नेपाल सरकारका विभिन्न निकाय
एवं प्रतिष्ठानहरुलाई महत्वपूर्ण संस्थागत व्यवस्थाको
रुपमा लिन सकिन्छ भने विपद् जोखिम न्यूनीकरण तथा
व्यवस्थापन ऐन, २०७४ ले व्यवस्था गरेका विपद् जोखिम
न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिष्द, कार्यकारी
समिति, प्राधिकरण, प्रदेश, जिल्ला तथा स्थानीय तहका
समितिहरु नयाँ संस्थागत व्यवस्थाका रुपमा रहेका छन् ।
|
Publisher:
GON, UN
,
(2018
) |
Type / Script:
Annual Report
in Nepali - नेपाली
|
Keywords:
DISATER RISK MANAGEMENT, DISASTER MITIGATION, DISASTER REDUCTION
DISASTER RISK REDUCTION, DISASTER REDUCTION, DISASTER RISK REDUCTION, IMPLEMENTATION STRATEGY AND FOLLOW UP, EMERGENCY RELIEF,NATURAL DISASTERS, DISASTER PREVENTION
DISASTER PREPAREDNESS
|
Thematic Group: UN
:
International Peace and Security
|
Thesaurus:
13.02.00
- Disaster Prevention, Preparedness And Relief
|
Reference Link:
http://un.org.np/sites/default/files/Disaster_Risk_Reduction_Policy_2018.pdf
|
|
|
** This document has been:
395
times viewed
0
times downloaded. Feeder:
PRATIBHA DAWADI@GMAIL COM
, Editor:
, Auditor:
View Document History
|
|
|
|