United Nations
Information Centre | Nepal
कोभिड–१९ बारे अफवाह र तथ्यहरु
3/23/2020 7:12:46 PM

अफवाहहरु

  • शरीरमा तेल दलेर नोभल कोरोना भाइरसबाट बच्न सकिन्छ ।
  • निमोनिया वा अन्य रोगको एन्टिबायोटिकले नोभल कोरोना भाइरसबाट जोगाउँछ ।
  • कुकुर, विरालाजस्ता घर पालुवाु जनावरले नोभल कोरोना भाइरस सार्न सक्छन् ।
  • रुघा खोकी लागेका सबैेलाई नोभल कोरोना भाइरसको सक्रमण हुन्छ ।
  • लसुन पानी सेवन गरेर नोभल कोरोना भाइरसबाट बच्न सकिन्छ ।
  • कोरोनाबाट बच्न बेसार, बोझो र लसुन खानुपर्छ ।
  • शरीरमा अल्कोहल लगाउनाले नोभल कोरोना भाइरसबाट बच्न सकिन्छ ।
  • नोभल कोरोना भाइरस हावाको माध्यमबाट पनि सर्छ भन्ने सुनिएको छ ।
  • चीनबाट आएका मानिसबाट टाढा रहनुपर्छ ।
  • चीनबाट हुलाक मार्फत आएका सामानहरूबाट नोभल कोरोना भाइरस सर्न सक्छ ।

तथ्यहरु

  • लसुन खानाले मानिसहरूलाई नोभल कोरोनाभाइरस सक्रमणलाई निको बनाएको कुनै प्रमाण छैन ।
  • शरीरमा तेल दलेरे नोभल कोरोनाभाइरस मर्दैन ।
  • एन्टिबायोटिकले भाइरस बिरुद्ध काम गर्दैन । त्यसैले, योग्य मेडिकल डाक्टरले नतोकेसम्म एन्टिबायोटिकलाई नयाँ कोरोनाभाइरसले गर्दा भएको रोगको रोकथाम वा उपचारको रूपमा प्रयोग गर्नु हुँदैन ।
  • नियमित रूपमा र राम्ररी अल्कोहलयुक्त स्यानिटाइजरले हात सफा गर्दा वा साबुनपानीले हात धुँदा हाम्रो हातमा हुने
  • भाइरसहरू मर्छन्। कृपया विश्व स्वास्थ सगठन द्वारा बनाइएको युटुब भिडियो हेर्नुहोस अल्कोहलयुक्त स्यानिटाइजर हातमा दल्ने तरिका ।
  • साबुनपानीले हात धुने तरिका ।
  • चीनबाट प्याकेजहरू प्राप्त गर्ने व्यक्तिहरू नयाँ कोरोनाभाइरसको जोखिममा छैनन्। यस अघिको विश्लेषणबाट
  • कोरोनाभाइरसहरू चिठ्ठी वा प्याकेज जस्ता वस्तुहरूमा लामो समयसम्म बाँच्दैनन् भन्ने अवगतनै छ । तसर्थ, यी रोग सार्ने माध्यम होइनन् ।
  • घरपालुवा जनावरहरू जस्तै कुकुर वा बिरालाहरूबाट कोरोनाभाइरस सरेको हालसम्म कुनै प्रमाण छैन । यद्यपि घरपालुवा जनावरहरूसँग सम्पर्क पछि साबुनपानीले आफ्ना हात धुनु राम्रो हो ।

[ Return to News Feed ]