नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसनले आज नेपाली सेनाको हतियारहरुको दर्ता र भण्डारण कार्य छाउनी ब्यारेक काठमाडौमा शुरु गरेको छ । दर्ता एवं भण्डारण प्रकृयामा ३ दिन भन्दा बढी समय लाग्ने देखिन्छ ।
नेपाली सेनाले करीब ८५० वटा हतियार राष्ट्रसंघीय मिसन टिमहरु समक्ष आज पहिलो दिन दर्ता र भण्डारणका लागि प्रस्तुत गयो । यूएनडिपी को सहयोगमा राष्ट्रसंघका १४ वटा दर्ता टोलीले हातहतियार एक एक गरी दता गर्ने र १४ वटा ठूला कन्टेनरहरु मध्ये एउटा मा तिनीहरुलाई भण्डारण गर्न अगाडी प्रत्येकमा एउटा बार कोड पनि लगाईयो । यो प्रकृयामा ७० जना दर्ता गर्ने कर्मचारी संलग्न छन् । दर्ताको सम्पूर्ण प्रकृयामा अनमिनका हातहतियार अनुगमनकर्ताहरुको उपस्थिती छ र आज देखि ति हतियारहरुको अनुगमनको लागि छाउनी व्यारेकमा उनिहरुको २४ घण्टा उपस्थिती रहनेछ । २४ घण्टे विद्युतीय अनुगमनको लागि उक्त स्थानमा निगरानी क्यामराहरु राखिएका छन् ।
हात हतियारको दर्ता एवं भण्डारण प्रक्रिया माओवादी सैन्यको हकमा जस्तो गरिएको थियो त्यस्तै गरिएको छ । हतियार तथा सेना व्यवस्थापन अनुगमन सम्बन्धि सम्झौता (ए.एम.एम.ए.ए.) अनुसार नेपाली सेनाल माओवादी सेनाको हातहतियार दर्ता गरीएको संख्यामै अनमिनका अनुगमनको सामु आफ्ना हतियार सुरक्षित तबरले दर्ता गर्न सहमत भएको थियो । माओवादी सैन्यले २८५५ वटा हतियार भण्डारण गरेका थिए ।
यसको अलावा शिविर पेरिमिटरको सुरक्षार्थ माओवादी सैन्यले प्रत्येक डिभिजन स्थलमा ३० वटा र प्रत्येक स्याटेलाईट स्थलमा १४–१५ वटा गरी जम्मा ५२४ वटा हतियार राखेका छन् र नेतृत्व वर्गको सुरक्षा व्यवस्था बारे सम्झौता नभइसकेकोले ९६ वटा हतियार साथ मा राखेका छन् ।
नेपाली सेनाको हातहतियार दर्ता र भण्डारण कार्यले हातहतियार र लडाकुहरुको दर्ताको प्रथमचरणका अन्तिम कार्यको प्रतिनिधित्व गर्दछ । अब दोश्रोचरणमा माओवादी लडाकुहरुको प्रमाणिकरण कार्य शुरु हुन्छ र यो काम चाडै नै शुरु हुनेछ ।
अनमिनका हातहतियार र सैन्यको अनुगमनका प्रमुख जनरल जान एरिक विल्हेल्मसेनले भन्नुभयो “आजका हतियार दर्ता प्रकृयाबाट म खुशि छु, यो कार्य सुचारु रुपले शुरु भयो । यस हतियार दर्ता र भण्डारण प्रकृयामा नेपाली सेनाले राम्रो सहयोग प्रदान गरे र मलाई विश्वास छ हामी यो प्रकृया यो हप्ता नै समापन गर्ने छौ ”।
English version: http://un.info.np/Net/NeoDocs/View/207
#207 #619 #pair
|
Publisher:
UNMIN
,
(2007
) |
Type / Script:
Press Release
in Nepali - नेपाली
|
Keywords:
PEACE, CONFLICT, PEACE AGREEMENTS, PEACE-BUILDING, PEACEMAKING, POLITICAL PARTIES, POLITICAL CONDITIONS, ARMAMENTS, ARMED CONFLICTS, ARMS LIMITATION, ARMIES, WAREHOUSE MANAGEMENTS
|
Thematic Group: UNMIN
:
Peace and Conflict through Political Mission
|
Thesaurus:
01.04.00
- Disarmament And Military Questions
|
Reference Link:
|
|
|
** This document has been:
1845
times viewed
727
times downloaded. Feeder:
ANJANA SHRESTHA
, Editor:
PALLAVI THAPA
, Auditor:
View Document History
|
|
|
|