|
|
Abstract:
गोरखा जिल्लाको, लाप्राकमा प्रति बोरा ३० किलोग्राम तौलको पँहेलो रङ्गको बोरामा वितरण भएको चामलको गुणस्तरबारे जानकारीमा आउने वित्तिकै विश्व खाद्य कार्यक्रमको ध्यानाकर्षण भई प्राथमिकताका साथ अनुसन्धान तथा छानबिन गर्नुका साथै वितरण गरेको घर परिवार, व्यक्ति लगायत स्थानिय सरकारको प्रतिनिधिहरुसँग छलफल गर्यो र अनुसन्धानबाट उक्त चामल विश्व खाद्य कार्यक्रमले वितरण नगरेको तथ्य थाहा हुन आएको छ । अप्रिल २५ तदानुसार बैशाख १२ गतेको विनाशकारी भुकम्प पश्चात विश्व खाद्य कार्यक्रमले गोरखा जिल्लाको लाप्राकमा वितरण गरेको चामल प्रति बोरा ५० किलोग्राम तौलको सेतो रङ्गको बोरामा विश्व खाद्य कार्यक्रमको लोगो सहितको थियो । विनाशकारी भुकम्प गएको केही हप्तामा विश्व खाद्य कार्यक्रमले करिब २० लाख व्यक्तिहरूलाई खाद्य वितरण गरी सकेको छ । विश्व खाद्य कार्यक्रमले विनाशकारी भुकम्पबाट प्रभावितकालाई सहयोग गर्न नेपाल सरकारसँग प्रत्यक्ष रुपमा सहकार्य गर्दछ ।
|
Publisher:
WFP
,
(2015)
|
Type / Script:
Bulletin or Poster
in Nepali - नेपाली
|
Keywords:
NATURAL DISASTERS, EARTHQUAKES, EARTHQUAKE ZONES, DISASTER-PRONE AREAS, DISASTER VICTIMS, DISASTER PREVENTION, DISASTER PREPAREDNESS, HUMANITARIAN EMERGENCIES, AID PROGRAMMES, FOOD, FOOD SECURITY, FOOD AID, HUMANITARIAN INTERVENTION
|
Thematic Group: WFP
:
Food and Emergency humanitarian logistict support
|
Thesaurus:
13.02.00
- Disaster Prevention, Preparedness And Relief
|
|
|
** This document has been:
290
times viewed
1
times downloaded. Feeder:
PRAJU SHRESTHA
, Editor:
ALISHATHAPALIYA
, Auditor:
View Document History
|
|
|
|
|