महासचिवको यस प्रतिवेदन (दस्तावेज एस।२००९।५५३) जुलाई २३ को परिषद्को प्रस्ताव १८७९ बमोजिम प्रस्तुत गरिएको छ, र यसमा उहाँहरुलाई उक्त प्रस्तावको कार्यान्वयन र यसै कार्यदेशको अन्त्यसम्म अन्मिनका गतिविधि सम्पन्न गर्नकालागि उचित वातावरण तयार पार्ने सम्बन्धमा हासिल भएको प्रगतिलगायत ७ जुलाइ २००९ मा नेपाल सरकारद्वारा प्रेषित पत्र(दस्तावेज एस २००९।३६०) मा उल्लेखित प्रतिबद्वताको कार्यान्व्यनका सम्बन्धमा पनि ३० अक्टोबर भित्रमा प्रतिवेदन प्रस्तुत गर्न आग्रह गरिएकोछ । यसले नेपालको शान्ति प्रक्रियासँग सम्बन्धित हालैका दिनमा विकसित घटनाक्रमको लेखाजोखा गरेको छ। संक्षेपमा भन्नुपर्दा, शान्ति प्रक्रियाका बाँकी काम समपन्न गर्नका लागि पुनः गति प्रदान गर्ने सम्बन्धमा भएका प्रयासहरूमा सीमित प्रगति हासिल भएको छ भने समग्रमा प्रक्रियाले लामो समयदेखि अवरोधको सामना गरिरहेको छ र जसमा मुठभेडको अनिरिक्त जोखिम पनि थपिएको छ।
English Version: http://un.info.np/Net/NeoDocs/View/785
#785 #1965 #pair
|
Publisher:
UNMIN
,
(2009
) |
Type / Script:
Press Release
in Nepali - नेपाली
|
Keywords:
PEACE, PEACEMAKING, PEACE AGREEMENTS, ELECTIONS, POLITICAL REPRESENTATION, POLITICAL PARTIES, PROTEST MOVEMENTS, PEACE ENFORCEMENT, POLITICAL LEADERS, MAOIST ARMY, REHABILITATION, CONSTITUTIONS, CIVIL SOCIETY
|
Thematic Group: UNMIN
:
Peace and Conflict through Political Mission
|
Thesaurus:
01.01.00
- Political Conditions, Institutions, Movements
|
Reference Link:
|
|
|
** This document has been:
1247
times viewed
10
times downloaded. Feeder:
BIRKHA DHAMI
, Editor:
PRAJU SHRESTHA
, Auditor:
View Document History
|
|
|
|